Logo

प्रमुख समाचार

प्रेम आलेले सांसदको निकट नपाउने सम्भावना, एमाले प्रवेश गर्ने चर्चा



नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का नेता प्रेम आले आगामी मंसिर ४ गते हुने प्रतिनिधीसभाको निर्वाचनमा गठबन्धनको तर्फबाट डोटिमा प्रतिनिधीसभाको उमेदवारको आकांक्षी रहेका छन् तर उनले टिकट पाउने सम्भावना निकै कम रहेको बताइएको छ ।

केहि समय अघि आफूले टिकट नपाउने हो भने एमाले प्रवेश गर्ने भनेर आलेले गठबन्धनका नेता र नेकपा एसका अध्यक्ष माधव कुमार नेपाललाई सन्देश पठाएका थिए । आलेले एमाले प्रवेश गर्न लागेको खबर पनि निकै चर्चा चलेको थियो । दाउ हेरेर पाइला चाल्न सिपालु आले चुपचाप बसेका छन् । पार्टीका कार्यक्रमहरुमा पनि उनी खासै देखिएका छैनन् ।

एक मात्रै निर्वाचन क्षेत्र रहेको डोटीमा आले भन्दा हेभिवेट उमेदवार अरु पार्टीमा देखिएपछि उनले टिकट पाउने सम्भावना कम हुँदै गएको छ । पूर्व भौतिक योजना मन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता वीरबहादुर बलायर देखी सुदुरपश्चिम प्रदेशका मूख्यमन्त्री समेत रहेका माओवादी केन्द्रका नेता त्रिलोचन भट्ट पनि डोटीबाटै प्रतिनिधीसभाको उमेदवार बन्ने दौडमा देखिएपछि आलेको सम्भावना कम हुँदै गएको छ ।

कांग्रेसका जिल्ला स्थित नेता कार्यकर्ताहरुले त डोटीमा गठबन्धननै गर्न नहुने समेत आवाज उठाउन थालेका छन् । कांग्रेसको पक्षमा ९० प्रतिशत भन्दा धेरै मत रहेको भन्दै नेता कार्यकताहरुले सबैभन्दा कमजोर मत भएको पार्टी नेकपा एसलाई त कुनै पनि हालतमा दिनै नहुने आवाज उठाउन थालेका छन् । आले थप तनावमा देखिन थालेका छन् ।

डोटीबाट संघीय सांसद बन्न कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलयार, नेकपा एसबाट अहिलेका सांसद प्रेम आले र हाल सुदूरपश्चिमका मुख्यमन्त्रीसमेत रहेका भट्टले दाबी गरेपछि गठबन्धनभित्र तनाव चुलिएको छ ।

०७४ सालको निर्वाचनमा प्रदेश सांसद भएर अहिले प्रदेश सरकारका मुख्यमन्त्री रहेका भट्ट आगामी चुनावमा आफू फेरि प्रदेशमा नलड्ने बताउँछन् । ०७४ मा वाम गठबन्धन रहँदा संघीय सांसद निर्वाचित भएका तत्कालीन नेकपा (एमाले)का आले यसपटक नेकपा एसबाट शक्तिशाली दाबेदार रहेका छन् ।

पूर्वमन्त्रीसमेत रहेका कांग्रेसका बलयार २०७४ मा आलेसँगै पराजित भएका थिए । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रहेकै बेला बलायरलाई आलेले एक हजार ६३२ मत अन्तरले पराजित गरेका थिए । आलेले ३२ हजार ५१० मत ल्याउँदा बलायरले ३० हजार ८७८ मत पाएका थिए ।

०७४ सालमा बलायरलाई हराएका आले २०७० सालमा डोटी क्षेत्र नम्बर २ बाट सांसद बन्दा बलायर डोटी क्षेत्र नम्बर १ बाट विजयी भएका थिए । बलायर, आले र भट्ट तीनै जनाले संघीय सांसदकै दाबी गरेपछि गठबन्धनलाई उमेदवार छान्न थप कठिन हुने देखिएको छ ।

डोटीमा एकीकृत समाजवादीले आलेलाई उम्मेदवार बनाउने भनेर सिफारिससमेत गरिसकेको छ । कांग्रेसका बलायर पनि प्रतिनिधिसभा निर्वाचन लडेरै छाड्ने मुडमा छन् । यस्तै, मुख्यमन्त्री भट्ट पनि ‍माओवादी केन्द्रबाट बलिया दाबेदारको रूपमा प्रस्तुत भएका छन् ।

प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलवार ११:५३   :  बजे

225
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।