Logo

स्वास्थ्य

जापानबाट १८ लाख डोज खोप आउँदै



नेपाल सरकारलाई जापान सरकारले उपलब्ध गराउने भनिएको १६ लाख डोज एस्ट्राजेनेका खोपमध्ये ८ लाख डोज खोप शनिवार र आइतवार गरि काठमाडौं ल्याइने भएको छ ।

जापानबाट ती खोप आज र भोलि  ढुवानी हुने काठमाडौंमा रहेको जापानी दूतावासले जनाएको छ । दुई दिनभित्र  ८ लाख डोज खोप नेपाल आउने खोप शाखाका  प्रमुख झलक शर्मा गौतमले बताएका छन्।  

कोभिसिल्डको पहिलो डोज लगाएर दोस्रो डोजको पर्खाइमा रहेका ज्येष्ठ नागरिकलाई यो खोप दिने सरकारको तयारी छ ।

कोभिसिल्डको पहिलो डोज लगाएका १४ लाख ज्येष्ठ नागरिकले अझै  दोस्रो डोज लगाएका छैनन्,उनीहरुको लागि यो खोप लगाइने छ। 

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहीबार १०:३६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।