Logo

कर्णाली प्रदेश

कर्णाली प्रदेश : माओवादी संसदीय दलको प्रमुख सचेतकमा शर्मा



सुर्खेत ।  नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलको प्रमुख सचेतकमा गोपाल शर्मा चयन भएका छन् । उनलाई संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले बिहीबार प्रमुख सचेतकको जिम्मेदवारी दिएका हुन् ।  

यसअघि प्रमुख सचेत बनेकी कृष्णा शाह आर्थिक मामिला तथा योजना मन्त्री बनेपछि प्रमुख सचेतक पद खाली भएको थियो । शाहभन्दा अगाडि ठम्मर विष्ट प्रमुख सचेतकको भूमिकामा थिए ।

उनी एमालेमा प्रवेश गरेपछि शाह चयन भएकी थिइन् । बिहीबार नियुक्त भएका शर्मा यसअघि सरकारको आर्थिक मामिला तथा योजना मन्त्री भइसकेका व्यक्ति हुन् ।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहीबार १८:१६   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।