अब पैसा जम्मा गर्न बैंक धाउनुपर्ने दिनको अन्त्य भएको छ । प्रभु बैंकले नगद जम्मा गर्नको लागि बैंकको नगद काउण्टरमै श(शरिर भौतिक रुपमा उपस्थित हुनु पर्ने बाध्यतालाई अन्त्य गर्दै क्यास रिसाइकल मेसिन (सीआरएम) सेवा सुविधा ल्याएको हो ।
बैंकले साउन २२ गतेबाट सीआरएम सेवा सञ्चालनमा ल्याएको हो । यससँगै अब क्यास रिसाइकल मेसिन ९सीआरएम० बाट आफुले चाहेको बैंक खातामा रकम जम्मा गर्न सकिने छ ।
मेशिनबाट बैंक खातामा रकम जम्मा गर्न सकिने सेवा हालको लागि बैंकको बबरमहलस्थित प्रधान कार्यालयबाट प्रवाह भएको छ । यो सेवालाई क्रमशः देशका अन्य स्थानमा विस्तार गर्दै लैजानै बैंकको योजना रहेको छ ।
मेशिनबाट बैंक खाता रकम जम्मा गर्दा ग्राहकले नगद जम्मा गर्ने मेशिनमा गई आफुले रकम जम्मा गर्न चाहेको बैंक खाता नं। टाइप गर्ना साथै उक्त मेशिनमा रकम जम्मारराख्ने बक्स खुल्छ । उक्त बक्समा जम्मा गर्न चाहेको रकम राखे पछि तत्कालैं ९रियल टाइम० उल्लेखित खातामा रकम जम्मा हुन्छ र सो को रिसिप्टरभौचर प्रिन्ट हुन्छ । साथै, उक्त मेशिनबाट डेबिटरक्रेडिट कार्डको माध्यमबाट समेत आफुले चाहेको खातामा रकम जम्मा गर्न सकिने सुविधा समेत रहेको छ ।
प्रभु बैंकबाट सञ्चालनमा ल्याईएको मेशिनबाट रकम जम्मा गर्ने सुविधा हालको लागि प्रभु बैंकमा खाता हुने ग्राहकको लागि मात्र उपलब्ध हुनेछ । नेप्ससँग आवश्यक सहकार्य गरी प्रभु बैंक बाहेक अन्य बैंकमा रहेको खातामा समेत जम्मा गर्न मिल्ने व्यबस्था मिलाईनेछ ।
प्रभु बैंकले औपचारिक रुपमा आजदेखि सञ्चालनमा ल्याएको मेशिनबाट बैंक खातामा रकम जम्मा गर्न मिल्ने सुविधा उपभोग गरी रकम जम्मा गर्नको लागि बैंकको नगद काउण्टरमै जानु पर्ने बाध्यता हट्नेछ । यसबाट ग्राहकको समयको बचत हुनेछ, बैंकको नगद काउण्टरमा उपस्थित भई अनावश्यक भिडभाडबाट उन्मुक्ति मिल्ने बैंकले जनाएको छ ।





















प्रतिक्रिया