Logo

स्वास्थ्य

आज थप २५४८ जनामा कोरोना संक्रमण पुष्टि, ५५ जनाको मृत्यु



पछिल्लाे २४ घण्टामा देशभर २५४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा २०१९ जना संक्रमण मुक्त भएका छन् भने ५५ जनाको मृत्यु भएको छ । 

देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआरबाट ७ लाख १४ हजार ८७७ जना पुगेको छ भने  एन्टिजेनबाट ६८ हजार ४७८ पुगेको छ । 

संक्रमितमध्ये हालसम्म ६ लाख ६९ हजार २९९ जना निको भएका  छन् । यस्तै हालसम्म मृतकको कुल संख्या १ हजार ९३ जना पुगेको छ । 

हाल देशभर ८०२ जना आईसीयुमा रहेका छन् भने १८१ जना भेन्टिलेटरमा रहेका छन् । देशभर सक्रिय संक्रमित ३५ हजार बढी रहेका छन् ।  स्वाथ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ३७८ जनामा परीक्षण गरिएको  थियो । 
 

प्रकाशित मिति : २४ श्रावण २०७८, आईतवार १७:०५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।