नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले एमाले सचिव योगेश भट्टराईको अभाव खड्किने गरेको टिप्पणी गरेकी छन् ।
सामाजि सञ्जालमार्फत मंगलबार भट्टराईलाई जन्मदिनको शुभकामना दिँदै झाँक्रीले आफैंले कुनै महत्वपूर्ण निर्णय लिँदा योगेशको अभाड खड्किइहरेको उल्लेख गरेकी छन् । जन्मदिनको शुभकामना दिँदै उनले लेखेकी छन्, ‘आफैंले कुनै महत्वपूर्ण निर्णय लिने बेला अभाव महसुस हुनेरहेछ दाई ।’
नेकपा विभाजनअघि आन्तरिक संघर्षमा योगेश र रामकुमारी सँगै थिए । केपी ओलीप्रतिको दृष्टिकोणमा अहिलेसम्म पनि दुईबीच समान बुझाई छ । तर, पार्टी विभाजनपछि योगेश एमालेमै रहे, झाँक्रीले माधव नेपाललाई साथ दिइन् ।
महाकाली सन्धिको विरोध गरेर वामदेव गौगमले एमाले विभाजन गर्दा योगेश तत्कालीन अखिलको अध्यक्ष थिए । माले विभाजनपछि पनि केही समय उनले अखिलको अध्यक्ष भएर काम गरे ।
योगेशकै नेतृत्वमा माले अखिलले कालापानीसम्म खुकुरी मार्च गरेको थियो । त्यतिबेला रामकुमारी अखिलको केन्द्रीय नेतृत्वमा आइसकेकी थिइन् । योगेशपछि दिंवगत नेता रविन्द्र अधिकारी अखिलको अध्यक्ष भए ।




















प्रतिक्रिया