कोरोना संक्रमण नियन्त्रणमा नआएपछि विभिन्न जिल्लाहरुमा जारी निशेधाज्ञा हट्न सकेको छैन । जिल्ला वा स्थानीय स्तरमा निर्णय गर्ने अधिकार पाएका जिल्ला र स्थानीय सरकारले संक्रमणको अवस्था हेरे निशेधाज्ञा थप गरिरहेका छन् ।
यस्तैमा जिल्ला प्रशासन कार्यालय चितवनले जारी निषेधाज्ञालाई साउन ३२ गतेसम्म निरन्तरता दिने निर्णय गरेको छ । वैशाख १५ गतेदेखि जारी निशेधाज्ञालाई निरन्तरता दिदै जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै साउन ३२ गते राति १२ बजेसम्मलाई निषेधाज्ञा थप गरेको हो ।
जिल्लामा कोरोना संक्रमणको जोखिम अझैसम्म पनि उच्च रहेको, डेल्टा भेरिएन्टसमेत पुष्टि भइसकेको र संक्रमण दर निरन्तर बढ्दै गएकाले निषेधाज्ञालाई निरन्तरता दिइएको सूचनामा उल्लेख छ ।




















प्रतिक्रिया