Logo

लिभोनको ‘सिल्की हेयर एण्ड स्मूथ राइड’ प्रतियोगिताका दोस्रो भाग्यशाली विजेता



नेपालको प्रमुख डिपार्टमेन्टल स्टोरहरु मध्येको एक भाटभटेनीले लिभोनको साथमा मिलेर ‘सिल्की हेयर एण्ड स्मूथ राइड’ उपभोक्ता योजना संचालन गरेको छ । यस योजनाअन्तर्गत भाटभटेनी सुपरमार्केटबाट लिभोनका उत्पादनहरु खरिद गर्ने एकजना भाग्यशाली उपभोक्ताले प्रत्येक महिना यामाहा फेसिनो बाइक जित्ने अवसरका लागि एउटा कुपन प्रदान गरिने व्यवस्था गरिएको छ ।

मिस नेपाल अनुष्का श्रेष्ठले सहभागी उपभोक्ताहरुको नाम अंकित कुपनहरु मध्येबाट एकजना भाग्यशाली विजेताको कुपन चयन गरेकी छन् । जस अनुसार लक्की ड्र मा यामाहा फसिनो १२५ एफएल बाइक विजेता कुपन नं ०२०७ बाटनख्खुनिबासी सुबोध कुमार यादव नेपाली बनेका छन् ।

उक्त ग्राण्ड पुरस्कार विजेताका साथै अन्य १० जनाविजेताहरुले लिभोनको तर्फबाट आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् । यो उपभोक्ता योजना अर्को १ महिनासम्म जारी रहनेछ ।

प्रकाशित मिति : आश्विन २७, २०७७ मंगलबार  ८ : ०३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।