Logo

खेलकुद

पक्राउ पुर्जी जारी भएका सन्दीप लामिछाने अध्यागमन विभागको कालोसूचीमा



काठमाडौं । बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने अध्यागमन विभागले कालोसूचीमा परेका छन् । एक १७ वर्षीया नाबालिकले आफूमाथि बलात्कार गरेको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिएपछि उनीविरुद्ध प्रहरीले पक्राउ अनुमति पाइसकेको छ ।

क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्ने क्रममा वेष्ट इन्डिमा रहेका उनलाई नेपाल आउनासाथ पक्राउ गरिनेभ एको छ । अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी श्‍याम ज्ञवालीका अनुसार सन्दीप पक्राउ पर्ने गरी कालो सूचीमा राखेको हो ।

लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौंले २३ भदौमा अनुमति दिएको थियो । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार सन्दीपले आफ्नो संलग्नता अस्वीकार गर्दै कानुनी सहायताका लागि अनुरोध गरेका छन् ।

प्रकाशित मिति : २६ भाद्र २०७९, आईतवार १५:०७   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।