काठमाडौं । पाकिस्तानले नेपालमा जारी छैटौं संस्करणको साफ महिला च्याम्पियनसिप फुटबलमा साानदार जित निकालेको छ । प्रतियोगिताबाट बाहिरीसकेको पाकिस्तानले मंगलबार भएको खेलमा माल्दिभ्सलाई ७–० गोल अन्तरले हराउँदै प्रतियोगितामा सुखद अन्त्य गरेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पाकिस्तानलाई जित दिलाउन नाडिया खानले ह्याट्रिकसहित ४ गोल गरिन् । यस्तै रामिन फारीद, खादिजा काज्मी र अनमुल हिराले एक एक गोल गरे । पाकिस्तानले अन्तराष्ट्रिय फुटबलमा आठ वर्षपछि जित निकालेको हो ।
समूह ए को पाकिस्तानले ३ खेलमा ३ अंक जोड्यो । तर, पाकिस्तानले सेमिफाइनलमा स्थान बनाउन सकेन । माल्दिभ्स भने जित विहीन घर फर्किएको छ । अंक विहीन माल्दिभ्स समूहको पुछारमा रह्यो । यस समूहबाट भारत र बंगलादेश सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।




















प्रतिक्रिया