Logo

खेलकुद

नेपालले बहराइनको सामना गर्दै



काठमाडौं । बहराइनमा जारी एएफसी यू-२० एसियन कप छनोटमा नेपालले आज बुधबार तेस्रो खेल खेल्दैछ । शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा नेपालले तेस्रो खेलमा घरेलु टोली बहराइनको सामना गर्नेछ ।  नेपाल र बहराइनबीचको खेल राति ११:४५ बजे सुरु हुनेछ ।

बहराइनविरुद्ध मैदान उत्रदा नेपाल पहिलो जितको खोजीमा हुनेछ । किनकि नेपालले लगातार दुई खेलमा हार व्यहोरिसकेको छ ।

पहिलो खेलमा नेपाल भुटानसँग २-० ले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले कतारसँग ३-१ गोल अन्तरको हार व्यहोरेको थियो । समूह ‘बी’ मा रहेको नेपाल अंक विहीन रहदै समूहको पुछारमा रहेको छ । नेपालले दुई खेल खेलिसकेको छ ।

बहराइन पनि पहिलो जितको खोजीमा रहेको छ । बहराइन १ खेलमा १ अंक जोडेर चौंथो स्थानमा रहेको छ । बहराइनपछि नेपालले आगामी आइतबार बगलादेशसँग खेल्नेछ ।

समूह विजेताले सन् २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने यू-२० एसियन कपमा स्थान बनाउने छन् ।

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार ०७:०५   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।