Logo

स्वास्थ्य

ज्येष्ठ नागरिक लगायत खोप केन्द्रसम्म जान नसक्नेलाई घरमै खोप पुर्‍याउन सर्वोच्चको आदेश



सर्वोच्च अदालतले सरकारले तोकेका खोप केन्द्रसम्म जान नसक्ने नागरिकहरुका लागि घरमै खोपवको व्यवस्था गर्न अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले खोप केन्द्रसम्म जान असमर्थ जेष्ठ नागरिक, हिँडडुल गर्न नसक्ने, अस्पतालले पहिचान गरेका दीर्घरोगी तथा फरक क्षमता भएका दुवै आँखा नदेख्ने नारिकहरुको लगत संकलन गर्न र घरघरमा पुगेर खोप लगाउन अन्तरिम आदेश दिएको हो ।

खोप केन्द्रसम्म पुग्न नसक्ने नागरिकहरुलाई घरघरमा गएर कोरोनाको खोप दिनुपर्ने माग गर्दै अधिवक्ता प्रवेश केसीले रिट दायर गरेका थिए ।

आदेशको पूर्णपाठ :

supreme-court-verdict-about-vaccine.jpg

 

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार १६:११   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।