Logo

अन्तर्राष्ट्रिय सीमा नाका खोल्नेरनखोल्नेबारे सरकारको आयो यस्तो नयाँ निर्णय



सरकारले कोरोना भाइरसको महामारी थप बढ्न नदिन अन्तर्राष्ट्रिय सीमा नाका अझै एक महिना नखोल्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सीमा नाका थप एक महिना नखोल्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

यसअघि नेपालसँग सीमा जोडिएका अन्तराष्ट्यि सीमा नाका असोज मसान्तसम्म बन्द गर्ने निर्णयलाई निरन्तरता दिँदै थप एक महिना नखोल्ने निर्णय गरेको एक मन्त्रिले जानकारी दिए । त्यस्तै बैठकले मानवअधिकारसम्बन्धी ५ वर्षीय कार्ययोजना पारित गरेको छ ।

यसअघि नेपालसँग सीमा जोडिएका अन्तराष्ट्रिय सीमा नाका असोज मसान्तसम्म बन्द गर्ने निर्णयलाई निरन्तरता दिँदै थप एक महिना नखोल्ने निर्णय गरेको उनले बताए ।

त्यस्तै बैठकले मानवअधिकारसम्बन्धी ५ वर्षीय कार्ययोजना पारित गरेको उनले बताए । यसैगरी सरकारले नेपालीहरुको ठूलो चाड दशैँ यथास्थानमा मनाउन आह्वान गर्ने समेत निर्णय गरेको उनले बताए ।

त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय गरेको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमलले सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय गरिएको बताएका हुन् ।

डा गौतमलले असोज २५ गते स्वास्थ्य मन्त्री भानुभक्त ढकालको उपस्थितिमा इन्सिटेन्ड कमाण्ड कमाण्ड समितिको बैठकले यस्तो निर्णय गरिएको बताए । उनले स्वास्थ्य सेवा विभागसँग भएका आइसीयु, भेन्टिलेटर अक्सिजनहरु सघन उपचारका लागि उपत्यकाका अस्पतालहरुमा व्यवस्थापन गर्ने निर्णय गरिएको बताए ।

यस्तै अस्पतालहरुमा कुनै पनि रोगका बिरामीको आकस्मिक अवस्था बाहेकका शल्यक्रिय नगराउन पनि सबै अस्पतालाई मन्त्रालयले निर्देशन दिएको छ । संक्रमणको अवस्था नियन्त्रण भएपछि मात्र शल्यक्रिय गर्न उपत्यकाका सबै अस्पताललाई स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ ।

उनले महमोहन शिक्षा अस्पताल दहचोक, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र किर्तीपुरमा संचालित आइसोलेसन सेन्टरलाई लक्षण सहितका कोरोना संक्रमित राख्ने गरी स्तरउन्नति गर्ने निर्णय गरिएको छ ।

यस्तै सार्वजनिक स्थल, सार्वजनिक यातायताहरुका संचालन ताथ व्यवस्थापकलाई कोरोना नियन्त्रणका लागि भूमिका निभाउन, उक्त स्थलमा जनस्वास्थ्यको मापदण्ड पालना गराउन सम्बन्धित मन्त्रालयलाई परिपत्र गर्ने निर्णय समेत गरेको छ । यस्तै चाडपर्व मनाउन हुने यात्रा तथा चहलपहल नियन्त्रणको पहल गर्ने निर्णय पनि गरिएको छ ।

यस्तै ज्येष्ठ नागरिक तथा दीर्घरोगीहरुसँग अन्य व्यक्तिको प्रत्यक्ष भेटघाट नहोस् भनेर वडा स्तरमा सचेतनात्मक कार्यक्रम गर्न निर्देशन दिने निर्णय गरिएको छ । यस्तै वडा स्तरबाट नै होम आइसोलेसनमा भएका संक्रमति तथा उनीहरुको सम्र्कपमा आउनेहरुलाई निगरानी गराउन निर्देशन दिने निर्णय भएको छ ।

कोभिडका बीच स्वास्थ्य मन्त्रालयले के के काम गरिरहेको छ ?

स्वास्थ्य तथा जनसंया मन्त्रालयले कोरोना नियन्त्रण तथा रोकथाम लगायत स्वास्थ्य सेवा प्रवाहका लागि गरेका कामहरुबारे जानकारी गराएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित लाइभ अपडेट माफर्त स्वास्थ्य मन्त्रालयले गरेका कामहरुको विषयमा जानकारी गराएका हुन् ।

डा गौतमले स्वास्थ्य मन्त्रालयले गरीरहेका काम तथा आगामी योजनाबारे २९ बुंदे कार्ययोजना प्रस्तुत गरेका छन् । डा गौतमले जनस्वास्थ्य सेवा नियमावली, २०७७ जारी गरी कार्यान्वयनमा ल्याइएको, सातै प्रदेशका १४ वटा अस्पतालबाट गरिब तथा विपन्नवर्ग लाई आकस्मिक स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउन कायविधि जारी गरी रू। १४ करोड रकम हस्तान्तरण गरीएको जानकारी दिए ।

यस्तै आकस्मिक सेवालाई थप व्यवस्थित बनाई अकालमा हुने मृत्यु कम गर्न पूर्व अस्पताल सेवा सहितको एकीकृत एम्बुलेन्स सेवा सञ्चालन प्रारम्भ भैसकेको पनि बताए । डा गौतमलले हाललाई देशका विभिन्न १० अस्पतालमा ट्रमायुनिट बनाउने गरी हरेक युनिटको लागि रू। ५० लाखका दरले ५ करोड बजेट बिनियोजन भइसकेको पनि बताए ।

प्रकाशित मिति : आश्विन २७, २०७७ मंगलबार  ९ : ०७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।