Logo

राजनीति

अविश्वासको प्रस्ताव हल नगरे ठिक नहुने ओलीलाई प्रचण्डको कडा चेतवानी



कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध आफ्नै सांसदहरुले संसदीय दलमा राखेको अविश्वासको प्रस्तावका कारण नेकपाको केन्द्रमा पनि हलचल मच्चिएको छ । शाहीविरुद्धको अविश्वासको प्रस्तावलाई लिएर नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले अर्को पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र पार्टी बरिष्ठ नेता माधव नेपाललाई भेटेका छन् ।

भेटका क्रममा अध्यक्ष प्रचण्डले अहिलेको अवस्थामा मुख्यमन्त्री शाहीविरुद्ध अविश्वास प्रस्ताव राख्नु ठीक नभएको भन्दै अर्का अध्यक्ष ओलीलाई उक्त अविश्वास प्रस्ताव फिर्ता गराउन आग्रह गरेका छन् । मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव हल नगरे बेठिक हुने उनको चेतवानी छ ।

दुई अध्यक्ष ओली र प्रचण्डबीच बिहान झण्डै सवा १ घण्टा छलफल भएको बताइएको छ । अध्यक्ष प्रचण्डले ओलीसँग कर्णाली प्रदेशमा देखिएको अहिलेको अवस्था समाधान नगरे यस्तै गतिविधि अन्य प्रदेशमा पनि देखिने र यसले एकतामा आँच पुग्ने बताएका थिए । प्रचण्डले यो विषयमा गम्भीर नभए पार्टी एकतामै ठूलो चुनौती आउने औल्याएको बताइएको छ ।

प्रधानमन्त्री ओलीलाई भेट्न जानुअघि सोमबार बिहानै दाहालले नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालसँग आफ्नै निवास खुमलटारमा छलफल गरेका थिए । मुख्यमन्त्री शाहीविरुद्ध राखिएको अविश्वास प्रस्तावमा नेपाल निकट सांसदहरुले पनि हस्ताक्षर गरेका छन् ।

कर्णाली प्रदेशको विवाद चुलियो : शाहीद्वारा प्रमुख सचेतक गुलाबजङ्ग शाह हटाइए

Karnali_Pradesh.jpg

कर्णाली प्रदेश नेकपामा सांसदहरुले मुख्यमन्त्री शाहीलाई संसदीय दलको नेताबाट हटाउन प्रस्ताव पेस गरेपछि राष्ट्रिय राजनीतिमा तरंग उत्पन्न भएको छ । कुल ४० सदस्य रहेको प्रदेशसभामा नेकपाको ३३ सिट रहेको छ । अविश्वास प्रस्तावमा नेकपाका ३३ सांसद मध्ये १८ जनाले हस्ताक्षर गरेका छन् ।

यसैबीच कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि संसदीय दलको बैठक बोलाइएको छ । प्रमुख प्रमुख सचेतक गुलाबजङ्ग शाहले मंगलबार दिउँसो १ बजे दलको बैठक बोलाएका हुन् ।

‘संसदीय दलको बैठक बस्नेबारे सूचना आएको छ । अरु कुरा थाहा भएन’, प्रदेश सांसद पदमा खड्काले भनिन् । तर, दलको नेता एवम् मुख्यमन्त्री शाहीसँग परामर्श समेत नगरी बैठक बोलाइएको एक नेताले बताए । उनले भने, ‘यति हतारमा प्रक्रिया बढाउनु हुँदैनथ्यो । मुख्यमन्त्रीसँग सामान्य परामर्श लिइएको भए उचित हुन्थ्यो ।’

प्रमुख सचेतक शाहले भने बहुमत सदस्यहरुले प्रस्ताव ल्याएकाले बैठक बोलाइएको बताए । ‘प्रजातान्त्रिक प्रक्रियाको सम्मान त गर्नु प¥यो । अब बैठकमै यसबारे छलफल हुन्छ’, उनले भने ।

मुख्यमन्त्री शाहीविरुद्ध आफ्नै दल नेकपाका १८ सांसदले अविश्वासको प्रस्ताव पेश गरेका छन् । यमलाल कँडेलको नेतृत्वमा पूर्व माओवादी तर्फका तीनसहित १८ जनाले हस्ताक्षर गरेर अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । ४० सदस्यीय कर्णाली प्रदेशमा नेकपाको ३३ सांसद छन् ।

नेकपा संसदीय दलको बहुमत सदस्यले दलका नेता एवं मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशको विवाद चुलिएको छ ।
 
विवाद समाधानका लागि नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड छलफलमा जुटिरहेका बेला कर्णाली प्रदेशका नेकपाका संसदीय दलका सदस्य थप विभाजित भएका छन् ।
 
प्रमुख सचेतक गुलाबजङ्ग शाहले मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावमाथि छलफल गर्न मङ्गलबार अपराह्न बैठक बोलाएपछि दलका नेता मुख्यमन्त्री शाहीले उनलाई पदमुक्त गरेका छन् ।
 
मुख्यमन्त्री शाहीले प्रमुख सचेतकको जिम्मेवारी सचेतक सीता नेपालीलाई दिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयले जनाएको छ । मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव र प्रमुख सचेतकमाथिको कारवाहीले नेकपामा झन् सङ्कट निम्त्याएको छ ।
 
असन्तुष्ट १८ प्रदेशसभा सदस्यले आइतबार पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दलको कार्यालयमा पेश गरिएको सार्वजनिक गरेका थिए । पार्टीका शीर्ष नेतामा नेकपा कर्णाली प्रदेशको विवाद समाधानको प्रयास भइरहेका बेला यहाँको गहिरिँदो सङ्कटले प्रदेश सरकार तथा पार्टीका कामकारवाही प्रभावित भएका छन् । कर्णाली प्रदेश राजधानीमा दुई पक्षका नेताहरु आपसी परामर्शमा व्यस्त छन् ।
 
मुख्यमन्त्री शाहीले पदमुक्त गरे पनि प्रमुख सचेतक शाहले मङ्गलबार निर्धारित समयमै आफ्नो अध्यक्षतामा दलको बैठक बस्ने बताए । मुख्यमन्त्रीले गरेको कारवाही दलको विधान विपरीत भएको उनको भनाइ छ ।“विधानमा दलको नेताको विरुद्धमा अविश्वासको प्रस्ताव आइसकेपछि प्रमुख सचेतकले बैठकको अध्यक्षता गर्ने व्यवस्था छ”, उनले भने, “भोलि९मङ्गलबार० बैठक बस्छ, प्रस्तावउपर निर्णय हुन्छ ।” उता मुख्यमन्त्री शाही निकट प्रदेशसभा सदस्य गोपाल शर्माले पार्टी एकताको भावनालाई ख्याल गरेर अघि बढ्नुपर्ने बताए ।
 
“अब नेकपा संसदीय दलको बैठक कात्तिक ७ गते हुन्छ र छलफल सकारात्मक दिशातर्फ जान्छ”, उनले भने, “अल्पमत÷बहुमतले पार्टी विभाजनतर्फ जाने र यसको नकारात्मक सन्देश प्रवाह हुने हुँदा यसमा सबैले सचेत हुन जरुरी छ ।” चालीस सदस्यीय कर्णाली प्रदेशसभामा नेकपाका सभामुखबाहेक ३३ सभासद् छन् ।

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलबार  ९ : १३ बजे