Logo

कर्पोरेट फोकस

नेपाल टेलिकमका प्रबन्ध निर्देशक २८ दिनदेखि गायब



नेपाल सरकारको स्वामित्वमा रहेको दूरसञ्चार सेवा प्रदायक संस्था नेपाल टेलिकममा विगत २८ दिनदेखि आन्दोलन चर्किएको छ । आन्दोलनरत नेपाल टेलिकमका कर्मचारीहरुले आफूहरुको माग तत्काल सम्बोधन नभए व्यवस्थापनविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका छन् ।

 नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीको विरोधमा कर्मचारीहरूले आन्दोलन जारी राखेका छन् । आफ्नो नीजि स्वार्थका लागि कर्मचारी विनियमावली संशोधनको पहल नचालेको भन्दै कर्मचारीहरूले प्रबन्ध निर्देशकविरुद्ध धर्ना एवं प्रवेश निषेध कार्यक्रम गरिरहेका छन् ।

यसबिच टेलिकमका कर्मचारीहरूले प्रबन्ध अधिकारीले कार्यभार सम्हालेका बेला कम्पनीको नाफा घटेको गुनासो समेत गरिरहेका छन् । प्रबन्ध निर्देशक अधिकारी भन्दा अघिल्ला निर्देशकको कार्यकालमा १७ अर्ब नाफामा रहेको कम्पनीको १० अर्ब नाफा गुमेर ७ अर्बमा झरेको कम्पनीका एक कर्मचारीले बताए ।

यस्तै पूर्व सञ्चार मन्त्री गोकुल बास्कोटाको पालामा १ अर्ब घाटा हुँदा तत्काल प्रबन्ध निर्देशक कामिनी राज भण्डारीलाई बर्खास्त गरेकोमा समेत कर्मचारीहरूले गुनासो गरेका छन् । अहिले टेलिकमको नाफा ह्वात्तै घट्दा समेत प्रबन्ध निर्देशकलाई निरन्तरता दिँदा संस्था धराशायी बन्न लागेको कर्मचारीहरूको भनाइ छ ।

टेलिकममा विगत २८ दिनदेखि जारी आन्दोलन आज पनि निरन्तर छ । प्रबन्ध निर्देशक अधिकारी २८ दिनदेखि कार्यकाल प्रवेश गरेका छैनन् ।

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार २०:०३   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।