Logo

प्रमुख समाचार

बागमतीका मेयर थापा निर्देशित समूहद्वारा पत्रकारमाथि सांघातिक आक्रमण



काठमाडौं । सर्लाहीको बागमती नगरपालिकामा अनलाइनपानाका दुई पत्रकारमाथि आक्रमण भएको छ । बागमती नगरपालिकाको ज्यादतीविरुद्धको रिटर्पोटिङका क्रममा त्यहाँ पुगेका पत्रकारद्वय नारायण प्रसाद अधिकारी र शालिक भट्टमाथि हत्या आरोपित मेयर भरतकुमार थापाका सहोदर भाइसहितको टिमले आक्रमण गरेको हो ।

अनलाइनपानाले यसअघि नगरपालिकाले कानुनविपरित बनाएको भरत तालका कारण त्यहाँका नागरिक सुकुम्बासी बनेका विषयमा निरन्तर फलोअप समाचार सम्प्रेषण गर्दै आएको थियो । मेयरले अन्तर्वार्तामार्फत थप कुरा प्रष्ट पार्ने भनेर मेयर थापाकै भाइ रामकुमार थापाले बोलाएपछि अनलाइनपानाकर्मी पत्रकारद्वय अधिकारी र भट्ट त्यहाँ पुगेका थिए ।

तर हत्या आरोपित मेयर थापाकै संलग्नतामा उनीहरुमाथि आक्रमण भएको हो । अनलाइनपानाले यसअघि भरत तालका कारण सुकुम्वासीको घरमा बाढी, सर्लाहीको बागमतीमा बनेको भरतताल कानूनविपरित, बागमतीका मेयर थापासहित १५ जना विरुद्ध हत्याको आरोप, कहाँ पुग्यो अनुसन्धान ? बागमती नगरको अवैध धन्दा : सागरनाथ वनको जग्गामा मेयरको रजाइँ शीर्षकमा समाचार सम्प्रेषण गरेको थियो ।

यसअघि पनि मेयर थापाका भाइ राम कुमार थापाले पत्रकारद्वयलाई पटकपटक ज्यानमा मार्ने धम्की दिएका थिए । यसै विषयको समाचार लेखेकाे हिमाल पोस्टका सम्पादक मोती खानाललाईसमेत ज्यान मार्ने धम्की दिएका थिए ।

प्रकाशित मिति : आश्विन ५, २०७९ बुधबार  १२ : ०३ बजे

822
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।