काठमाडौं । सत्ता गठबन्धनलाई कानुनविद्हरुले राष्ट्रपतिको कदमविरुद्ध अदालत जान सुझाव दिएका छन् । बालुवाटारमा बुधबार भएको छलफलमा कानुनविद्हरुले संविधानले दिएको अधिकार र त्यो अनुसारको भूमिका राष्ट्रपतिले निर्वाह गर्न नसकेको भन्दै सर्वोच्च अदालत जान सुझाएका हुन् ।
संवैधानिक हिसाबले राष्ट्रपतिले आफ्नो कर्तव्य निर्वाह नगर्नुका साथै राष्ट्रपतिले नै उल्टै संवैधानिक व्यवस्था उल्लंघन गरेका भन्दै कानुनविद्हरुले सर्वोच्च जान सझाव दिएको छलफलमा सहभागी एक नेताले जानकारी दिए ।
राष्ट्रपतिले हेड अफ द स्टेटको भूमिका निर्वाह गर्न नसकेको कानूनविद्हरुको ठहर छ । संवैधानिक व्यवस्था अनुसार राष्ट्रपतिले संसदबाट विधेयक पास गरेर पठाएपछि एक पटकको हकमा पुर्नविचार गर्नसक्ने भएपनि दोस्रो पटक त्यो सुविधा छैन । तर राष्ट्रपतिकहाँ दोस्रो पटक संसद्बाट पारित भएर पुगेको नागरिकता विधेयक संवैधानिक समयसीमाभित्र प्रमाणीकरण गरेकी छैनन् । यसविरुद्ध जनमत विभाजित छ ।




















प्रतिक्रिया