Logo

प्रमुख समाचार

संविधानले नचिनेका गठबन्धनबाट राष्ट्रपतिको मजाक उडाउने काम भयो : ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकताको विषयलाई लिएर सत्ता गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारीको आलोचना गरेर अपमान गरेका आरोप लगाउका छन् । उनले नागरिकता विधेयकलाई पुनर्विचार गर्न भनेर राष्ट्रपतिले पठाउँदा सत्ता गठबन्धनले जस्ताको तस्तै पारित गर्ने कुरा गर्नु ठीक नभएको समेत बताए ।

पार्टी केन्द्रीय कार्यालयमा बिहीबार आयोजित कार्यक्रममा ओलीले भने, ‘बाहिर बसेर, अनाडी मान्छे भेला भएर, अनधिकृत ठाउँमा, संविधानले नचिनेका मान्छे बसेर राष्ट्रपतिको मजाक उडाउने काम भयो’ ओलीले भने, ‘असभ्यता, कुसंस्कार, अलोकतान्त्रिक संस्कारको निर्लज्ज प्रयोग यो गठबन्धनले गरिरहेको छ । यसले आफ्नो महानता राष्ट्रपतिको अपमान गर्नु ठानेको छ ।’

ओलीले राष्ट्रपतिलाई कुन विधेयक संसद्‍मा लैजाने भन्नेबारे पहिल्यै जानकारी गराउनुपर्ने संवैधानिक व्यवस्था उल्लंघन गरेको पनि आरोप लगाए । संविधानको धारा ८१ मा राष्ट्रपतिलाई विधेयक, वैदेशिक मामिला लगायतका विषयमा जानकारी गराउनुपर्ने व्यवस्था छ । सरकारले संविधानको उक्त व्यवस्था पालना नगरेको उनको दाबी छ ।

ओलीले सत्तारुढ गठबन्धनमा अहंकार बढेको टिप्पणी पनि गरे । उनले सरकारमा अहंकार बढ्यो भने तानाशाही हुने बताए । ‘सत्तामा भएकामा अहंकार चढ्यो र कर्तव्य बिर्स्यो भने तानाशाही, अधिनायकवाद त्यसैलाई भनिन्छ । त्यसले लोकतन्त्रको उलंघन हुन्छ । संविधानको उल्लंघन भइराख्या छ । कानुनको त पाइलैपिच्छे उल्लंघन भइराख्या छ’, उनले भने ।

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहीबार १४:५४   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।