Logo

प्रमुख समाचार

सञ्चारकर्ममा जुटेका पत्रकारमाथि भएको कुटपिट घटना अत्यन्त निन्दनीय : पत्रकार महासंघ



काठमाडौं । नेपाल पत्रकार महासंघले अनलाइनपानाका दुई पत्रकारमाथि भएको कुटपिट घटनाप्रति गम्भीर आपत्ति जनाएको छ । स्वतन्त्रपूर्वक सञ्चारकर्ममा जुटेका पत्रकारमाथि भएको कुटपिटको घटना अत्यन्त निन्दनीय र प्रेसविरोधी हर्कत भएको महासंघले बताएको छ ।

‘समाचार संकलनका क्रममा अनलाइनपाना डटकमका प्रधानसम्पादक नारायणप्रसाद अधिकारी र पत्रकार शालिक भट्टमाथि अज्ञात समुहले कुटपिट गरी घाइते बनाएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ’, महासंघका महासचिव रोसन पुरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘स्वतन्त्रपूर्वक सञ्चारकर्ममा जुटेका पत्रकारमाथि भएको कुटपिटको यो घटना अत्यन्त निन्दनीय र प्रेसविरोधी हर्कत हुन् ।’

महासंघले घटनामा संलग्नलाई तत्काल पहिचान गरी कानुनी दायरामा ल्याउन र पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित पक्षसँग माग समेत गरेको छ ।

सर्लाहीको बागमती नगरपालिकामा रिर्पोटिङ गर्न पुगेका अनलाइपानाका प्रधान सम्पादक अधिकारी र पत्रकार भट्टमाथि बुधबार सांघातिक आक्रमण भएको थियो । रिर्पोटिङ गरेर काठमाडौं फर्कने क्रममा बागमती नगरपालिकाका मेयर भरतकुमार थापाका भाइ रामकुमार सहितको समूहले पत्रकारद्वयमाथि बाटैमाथि गाडी रोकेर कुटपिट गरेको थियो ।

याे पनि…

समाचार संकलन गर्न बोलाएर मेयर भरत थापाले कुटे पत्रकार (भिडियोसहित)

बागमतीका मेयर थापा निर्देशित समूहद्वारा पत्रकारमाथि सांघातिक आक्रमण

प्रकाशित मिति : आश्विन ६, २०७९ बिहीबार  ५ : ५० बजे