Logo

प्रमुख समाचार

कांग्रेस शेखर पक्षको भेला शनिबार, पार्टीमा समान अवसरका लागि खबरदारी गर्ने



काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतर पक्षको बैठक भोलि (शनिबार) बस्ने भएको छ । पार्टीमा न्यायोचित टिकट बाँडफाँटका लागि दबाब बढाउने भन्दै डा. शेखर कोइरालाले आफू पक्षीय नेता कार्यकर्ता सहितको भेला बोलाएका हुन् ।

आज (शुक्रबार) बिहान स्वयम्भूमा बसेको शेखर पक्षीय केन्द्रीय सदस्य, जिल्ला सभापति, पूर्व जिल्ला सभापति, प्रदेश समितिसहितको भेलाले शनिबार देशभरका नेता कार्यकर्ता सम्मिलित भेला गर्ने निर्णय गरेको हो ।

केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीका अनुसार पार्टीमा सबै पक्षको अस्तित्वको सम्बोधन, न्यायोचित टिकट तथा जिम्मेवारीको बाँडफाँट लगायतका विषयमा पार्टीभित्रै आवश्यक छलफल गर्न भोलि उल्लेख्य सहभागितासहितको भेला आयोजना गर्ने भन्ने निर्णय भएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार १६:०९   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।