साताको तेस्रो दिन सेयर बजारमा सेयर बजारमा गिरावट आएको छ । आइतबार देखि नै ओरालो लागेको सेयर बजार सोमबार अन्तिम समयमा आएर सामान्य वृद्धि भएको थियो ।
यो दिन नेप्से परिसूचक ९ दशमलव ४२ अंकले घटेर १५६८ दशमलव ५९ बिन्दूमा पुगेको हो ।
आज दिनभर कारोबारमा आएका १९३ कम्पनीको ६७ लाख ८२ हजार ९ सय ४७ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ८१ करोड ९६ लाख ३८ हजार ९ सय ७७ रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया