Logo

कर्पोरेट फोकस

एलआईसी नेपालले मृतकको घरमै पुगेर गर्यो ५३ लाख ३० हजार दाबी भूक्तानी



एलआईसी नेपालमा बीमा गरेको ११ महिना नपुग्दै मृत्यु भएका व्यक्तिका हकवालालाई घरमै पुगेर मृत्युदाबी बापत ५३ लाख ३० हजार घरमै पुगेर भुक्तानी कम्पनीले जनाएको छ ।

करिब १ बर्ष अघि ललितपुर जिल्ला गोदावरी नगरपालिका वडा नं। १४ निवासी कृष्णहरी श्रेष्ठले एलआईसी नेपाल ललितपुर शाखाका अभिर्कता टेक बहादुर खड्काबाट ५० लाख बिमांकको जीवन बीमा गराएका थिए । बिमा गराएको ११ महिना नपुग्दै उनको ब्रेनह्याम्रेजको कारण मृत्यु भएको थियो ।

निजको मृत्यु पछि श्रीमती सजना श्रेष्ठलाई मृत्युदाबी भुक्तानी बापत रु।५३ लाख ३० हजार रुपैयाको चेक ललितपुर शाखा मार्केटि¨ प्रमुख घनश्याम बुढाथोकी र एजेन्सी म्यानेजर टेक बहादुर खड्काले सयुक्त रुपका मृतकको घरमै पुगेर चेक हस्तान्तरण गरेका हुन ।

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार १९:३७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।