Logo

प्रमुख समाचार

कांग्रेस ‘विद्राही’ पक्षको भेला : नेतृत्वलाई दबाब दिन पार्टी कार्यालयमा धर्ना दिने निर्णय

समानुपातिक सूची नसच्याइए थप आन्दोलन चर्काउने चेतावनी



काठमाडौं । पार्टी नेतृत्वले एकलौटी गरेको भन्दै असन्तुष्ट बनेका कांग्रेस संस्थापन इतर पक्षका नेताहरुले पार्टी कार्यालयमा धर्ना दिने भएका छन् । सामेबार ठमेलमा बसेको डा. शेखर कोइराला समूहको बैठकले पर्सि १२ गते पार्टी केन्द्रीय कार्यालय, सानेपामा ध्याह्न १२ बजेदेखि १ बजेसम्म एक घण्टा धर्ना दिने निर्णय गरेको हो ।

१४ गतेसम्म पनि समानुपातिक सूची नसच्याए थप विरोधका कार्यक्रम तय गर्ने बैठकको निर्णय छ । आगामी निर्वाचनका लागि टिकट वितरणमा सभापति शेरबहादुर देउवाको भूमिकाप्रति प्रश्न उठाउँदै नेता कोइराला समूहका दोस्रो तहका नेताहरु छलफलमा जुट्दै आएका छन् ।

पार्टीमा ४० प्रतिशत सिट मागिरहेको कोइराला समूहका नेताहरुले समानुपातिक उम्मेदवार चयनमा सभापति देउवाले एकलौटी गर्ने प्रयास गरेको भन्दै विरोध गर्दै आएका छन् ।

सोमबारको भेलामा केन्द्रीय सदस्यहरु अजयबाबु शिवाकोटी, प्रकाश स्नेही, प्रतिमा गौतम, मधु आचार्य, बागमती प्रदेश सभापतिका प्रत्याशी जगदीश्वरनरसिंह केसी, प्रदेश १ सभापतिका प्रत्यासी गुरुराज घिमिरे, कर्णाली प्रदेश सभापतिका प्रत्याशी भुपेन्द्रजंग शाही, धादिङ सभापति रामनाथ अधिकारी, चितवनका पूर्वसभापति जितनारायण श्रेष्ठ लगायत नेताहरु सहभागी थिए ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार १३:२३   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।