Logo

प्रमुख समाचार

राष्ट्रपतिका कारण लाखौं नागरिक अनागरिक बने : गृहमन्त्री खाण



बुटवल । गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपतिले नागरिकता विधेयक रोकेर संविधानमाथि अतिक्रमण गरेको आरोप लगाएका छन् । संविधानले कुनै पनि नागरिकलाई अनागरिक हुन नदिने लेखेको भएपनि अहिले विधेयक रोकिँदा लाखौं नागरिक अनागरिक बनेको उनले बताए ।

उनले राष्ट्रपति विद्यादेवी भण्डारीको नाम नलिएपनि संविधानको संरक्षकबाट विधेयक रोक्नु संविधानमाथिको अतिक्रमण र गैरसंवैधानिक काम भएको सबैले बुझेको बताए । बुटवलमा आयोजित एक कार्यक्रममा गहृमन्त्री खाणले २०७८ जेठ ९ गते केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशबाट ल्याएको विधेयकलाई नै आफूहरुले जस्ताको तस्तै अगाडि सारेको समेत बताए ।

उनले संविधान कार्यान्वयनका लागि नागरिकता विधेयकलाई अगाडि बढाएको बताउँदै नागरिकता नहुँदा शिक्षादेखि बैंकमा खाता लिनबाट समेत बञ्चित हुनुपरेको बताए ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार १५:३४   :  बजे

72
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।