काठमाडौं । बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेलमा किरण कुमार लिम्बुले कप्तानी गर्ने भएका छन् ।
मंगलबार दशरथ रंगशालामा नेपाल र बंगलादेशबीच मैत्रीपूर्ण खेल हुँदैछ । सोमबार भएको प्रि-म्याच कन्फ्रेन्समा कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईँसँगै कप्तान किरण उपस्थित भएका थिए ।
गत जेठमा कुवेतमा भएको एएफसी कप छनोटमा किरण टिममा थिएनन् । अब्दुल्लाह अल्मुताईरीसँग खेलाडीको विवाद भएपछि त्यसमा खेलाडीको समर्थन गर्दा किरण टिममा परेका थिएनन् ।
हुमागाईँ कार्यवाहक बनेपछि किरण टिममा फर्कँदै कप्तानीमा पुनरागमन गरेका हुन् ।




















प्रतिक्रिया