Logo

अर्थ

हिमाल दोलखा हाइड्रोपावरको हकप्रद शेयर निष्काशनका लागि बिक्री प्रबन्धक नियुत्ति



काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशनका लागि लक्ष्मी क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ । सो सम्बन्धमा आइतबार (असोज ९ गते) कम्पनी र क्यापिटलबीच सम्झौता भएको छ ।

सम्झौता पत्रमा हाइड्रोपावरको तर्फबाट अध्यक्ष रञ्जन दाहाल र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटालेस्ताक्षर गरेका छन् । काठमाडौमा रजिष्टर्ड कार्यालय रहेको यस हिमाल दोलखा हाइड्रोपावर कम्पनीको हालको पुँजी १ अर्ब ६० करोडको प्रतिशेयर अंकित रु १०० को दरले १ कित्ता शेयरको ०.७५ प्रतिशत को अनुपातमा एक करोड २० लाख कित्ता हकप्रद शेयर निकाष्शन गर्ने छ ।

कम्पनीले इलाम जिल्लाको इलाम नगरपालिकावडा न. ९ र १० मा माई खोला सानाज लविद्युत आयोजना (४.५ मेगावाट) र माई नगरपालिकावडा न. ९ मा रहेको माई सानाक्यासकेड जलविद्युत आयोजना (८ मेगावाट) संचालन गरेको छ ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार १७:५४   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।