काठमाडौं । नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाएका समानुपातिक तर्फका उमेदवारको बन्द सूचीमा माफीयाको आरोप लागेका व्यापारी रठेकेदार पनि अटाएका छन् । राज्यको नीति निर्माणमा सबै जाती, वर्ग, लिङ्ग र समुदायको समान सहभागीता होस् भनेर संविधानले सुनिश्चित गरेको कोटामा माफीयाको आरोप लागेका ठूला व्यापारी र ठेकेदारलाई समेटेको पाइएको छ ।
कांग्रेसले विवादास्पद व्यवसायी खुमाप्रसाद अर्यालसहितलाई प्रतिनिधिसभातर्फ समानुपातिक सूचीमा राखेको छ । कांग्रेसले आयोगमा बुझाएको समानुपातिक सूचीमा अर्यालसहित नेपालगञ्ज मेडिकल कलेजका सञ्चालक डा. सुरेश कुमार कनोडिया पनि अटेका छन् ।
कांग्रेसको समानुपातिक सूचीमा परेका गण्डकी मेडिकल कलेजका सञ्चालकसमेत रहेका अर्याल स्वास्थ्य, शिक्षा, कृषि, हाइड्रोलगायत क्षेत्रका व्यापारी हुन् । त्यस्तै समानुपातिक सूचीमा परेका वीरगन्जका व्यापारी अनिल रुंगटा उत्पादन तथा विक्रीवितरणमा संलग्न छन् ।
रोमी गौचन थकाली होटल व्यवसायी हुन् । रामचन्द्र पौडेलनिकट मानिने गौचन मुस्ताङको जिल्ला सभापति समेत हुन् । उनी पूर्ववाणिज्यमन्त्री समेत हुन् । उनी २०७० सालका संविधानसभा सदस्य पनि हुन् । असोज २ र ३ गते आयोगमा समानुपातिक बन्दसूची बझुाएका दलहरुलाई असोज १६ गतेसम्म नाम सच्याउने समय दिएको छ ।




















प्रतिक्रिया