काठमाडौं । बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालले सानदार जित निकालेपछि प्रशिक्षकले खेलाडीहरुलाई मैदानमै ढोगेका छन् । दशरथ रङ्गशालामा भएको खेलमा अञ्जन विष्टको ह्याट्रिकमा नेपालले ३–१ ले जित हात पारेपछि नेपाली टिमका कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईँले खेलाडीहरूलाई ढोगेर आभार प्रकट गरेका हुन् ।
कार्यवाहकका रूपमा आफ्नो पहिलो खेलमा नै सफलता मिलेपछि खेलाडीहरुलई सम्मान दर्साएका हुन् । उनले टोपी फुकालेर मैदानमा टाउको झुकाएका थिए । त्यसपछि खेलाडीहरूले प्रशिक्षक हुमागाईँलाई काँधमा बोकेर सेलिब्रेसन गरे । कुवेतका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राष्ट्रिय टिमको मुख्य प्रशिक्षकबाट राजीनामा दिएपछि एन्फाले हुमागाईंर्ला कार्यबाहक प्रशिक्षकको जिम्मेवारी दिएको थियो ।




















प्रतिक्रिया