काठमाडौं । आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचन नजिकिँदै जाँदा सत्तारुढ दल नेपाली कांग्रेसभित्रको किचलो पनि छताछुल्ल भएको छ । पार्टीमा संस्थापन पक्षले एक्लौटी गरेको भन्दै पहिलादेखि नै असन्तुष्ट रहँदै आएको डा. शेखर कोइराला पक्ष पार्टीले समानुपतिक तर्फका उम्मेदवारको बन्द सूची बुझाएपछि झनै आक्रोशित भएको छ ।
प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले समानुपातिक उम्मेदवारको सूची तयार पार्दासमेत आफूहरुसँग परामर्श नगरेको भन्दै न्याय र समानताका लागि दिनहुँद जसो विद्राही समूहको भेला हुँदै आएको छ । विद्राही समूहको यो गतिविधिलाई नियालीरहेको संस्थापन पक्ष अन्ततः बन्दसूची सच्याउन तयार भएको छ ।
मंगलबार बालुवाटारमा बसेको पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकमा शीर्ष नेताहरूले छलफल गरेर बन्दसूचीबारे निष्कर्ष निकाल्ने सहमति भएको कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देबेले जानकारी दिए । ‘समानुपातिक सूची केही परिवर्तन हुन्छ । हामी आज छलफल गर्यौँ । आज रातभरि नेताहरूले गृहकार्य गर्ने र भोलि बिहानैदेखि बैठक बसेर सूची टुंगो लगाउने सहमति भएको छ’, उनले भने ।
- याे पनि…
कांग्रेस ‘विद्रोही’ समूह : बरु कारबाही भोग्ने, तर न्याय र समानताको लडाइँबाट नभाग्ने
कांग्रेस संस्थापनकाे दाबी : समानुपातिक उम्मेवारको सूची विधानअनुसार तयार भएको हो




















प्रतिक्रिया