Logo

प्रमुख समाचार

रवीन्द्र मिश्र समूह आज राप्रपामा समाहित हुँदै



काठमाडौं । विवेकशील साझाका पूर्वअध्यक्ष रवीन्द्र मिश्र समूह आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा समाहित हुँदै छ । आज (बुधबार) दिउँसो १ बजे राष्ट्रिय सभागृह काठमाडौंमा आयोजना कार्यक्रममा मिश्र नेतृत्वको समूह राप्रपामा समाहित हुन लागेको हो ।

राप्रपा र मिश्रले यसलाई ‘एकता’को कार्यक्रम भनेका छन् । राप्रपाका प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले रवीन्द्र मिश्र नेतृत्वको ‘वृहत ध्रुवीकरण पक्षधर’बीच एकता घोषणा समारोह हुन लागेको जानकारी दिए ।

मिश्रले राप्रपाको कुन पद पाउने भन्ने औपचारिक रुपमा सार्वजनिक भइसकेको छैन । तर उनी तेस्रो वरियतामा रहने बताइएको छ । राप्रपा प्रवेश गर्ने भएपछि उनले केहीदिन अघि विवेकशील साझाको साधारण सदस्यबाट पनि राजीनामा दिइसकेका छन् ।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार १२:४३   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।