Logo

खेलकुद

राष्ट्रिय फुटबल टिमका प्रशिक्षक हुमागाईंलाई कारबाही गर्न खेलकुद पत्रकारहरुकाे माग



काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले नेपाली राष्ट्रिय फुटबल टोलीका कार्यवाहक मुख्य प्रशिक्षक प्रदीप हुमागाईंलाई कारबाही गर्न माग गरेको छ । मञ्चले आज उनको अशोभनीय अभिव्यक्तिप्रति आवश्यक कारबाही गर्न अखिल नेपाल फुटबल संघ (एन्फा)सँग माग गरेको हो ।

मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलपछि सम्पन्न ‘पोस्ट म्याच कन्फ्रेन्स’ मा कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईंको प्रस्तुति ‘अत्यन्तै गैरव्यावसायिक, गैरजिम्मेवार र नितान्त निम्न सोचको’ रहेको तथा पदीय मर्यदाविपरीत कार्य गरेको भन्दै मञ्चले घोर भर्त्सना गरेको छ ।

‘‘प्रशिक्षक हुमागाईंले कार्यक्रममा नेपाली खेल पत्रकारमाथि निराधार आरोप लगाउँदै गलत धारणा पनि प्रस्तुत गर्नुभएको छ । मञ्च उहाँको निन्दनीय प्रस्तुति र दाबीको एन्फालाई ध्यानाकर्षण गर्न चाहन्छौं । मञ्चका लागि यस प्रकारको व्यवहार पूर्णतः अस्वीकार्य रहेको जनाउँदै हुमागाईंलाई आवश्यक कारबाही गर्न माग गर्दछौँ’, मञ्चका अध्यक्ष अञ्जन खड्काले एन्फालाई बुझाएको ध्यानाकर्षण पत्रमा भनिएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार २१:२४   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।