काठमाडौं । विवेकशील साझा पार्टीका नेता पुरुषोत्तम ढुंगेल नेपाली कांग्रेस प्रवेश गरेका छन् । उनलाई कांग्रेस नेता प्रकाशमान सिंहले बिहीबार बिहान पार्टीमा स्वागत गरे ।
ढुंगेल २०७४ को निर्वाचनमा काठमाडौं– १ ‘ख’ प्रदेश सभाको उम्मेदवार बनेका थिए । यसअघि बुधबार विवेकशी साझाका पूर्वअध्यक्ष रवीन्द्र मिश्रसहित एक दजर्न केन्द्रीय सदस्य राप्रपामा प्रवेश गरेका थिए ।
मिश्रको राजीनामा पछि पार्टीको नेतृत्व सम्हालिरहेकी अध्यक्ष समीक्षा बास्कोटाले भने पार्टी एक ढिक्का रहेको दाबी गर्दै ‘केही व्यक्तिको अमुक दल प्रवेश’लाई सामान्य रुपमा लिइदिन अनुरोध गरेकी छिन् ।




















प्रतिक्रिया