Logo

प्रमुख समाचार

सत्ता गठबन्धन कार्यदलको बैठक केहीबेरमा, शीर्ष नेताको बैठक साँझ  



काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनको कार्यदलको बैठक बस्दै छ । बैठक २ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बताइएकाे छ । 

बैठकमा प्रदेशतर्फ सिट बाँडफाँटको विषयमा छलफल हुनेछ । ३३० प्रदेश सभा निर्वाचन क्षेत्रमा कुन दललाई कति सिट भन्ने विषयमा छलफल हुनेछ । 

कार्यदलले बनाएकाे मापदण्डकाे आधारमा दलहरूलाई सिट बाँडफाँट गरिने बताइएकाे छ । दलहरुले २०७४ सादमा जितेको स्थान, वैशाख ३० को स्थानीय तह निर्वाचनमा पाएको मतलगायत विषय मापदण्ड बनाइएको छ ।

आजै साँझ ६ बजे गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्नेछ । बैठकमा प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि सिट बाँडफाँटको विषयमा छलफल गर्ने तयारी छ ।

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहीबार १३:५७   :  बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।