Logo

राजनीति

गठबन्धनबाट बाहिरियो जसपा,मधेशमा १६/१६ सिट बाँडेर एमालेसँग मिल्ने तयारी



जनता समाजवादी पार्टी (जसपा) नेपाल सत्तारुढ गठबन्धनबाट बाहिरिएको छ ।

आसन्न चुनावका लागि तालमेल गर्दा सत्तारुढ गठबन्धनले पर्याप्त सिट नदिएपछि जसपा गठबन्धनबाट बाहिरिँदै नेकपा एमालेसँग नजिकिएको छ ।

जसपा उच्च स्रोतका अनुसार आसन्न चुनावमा एमाले र जसपाबीच तालमेल गर्न अध्यक्षद्वय केपी शर्मा ओली र उपेन्द्र यादवले गहन छलफल गरिरहेका छन् । बिहीवार दिउँसोदेखि दुवै अध्यक्षबीच ३–४ घण्टादेखि गोप्य छलफल चलिरहेको छ ।

छलफलमा मधेश प्रदेशका ३२ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये १६र१६ सिट बाँडफाँट गर्ने सहमति नजिक पुगेको स्रोतले जनाएको छ । मधेशबाहिर अन्य प्रदेशमा जसपाले ९ सिट पाउने भएको छ ।

यसरी एमालेसँग मिल्दा जसपाले प्रतिनिधि सभाका २५ सिट पाउने भएको छ । नेपाली कांग्रेस नेतृत्वको सत्तारुढ गठबन्धनले जसपालाई प्रतिनिधि सभाका १५ सिट मात्रै दिन खोजेको थियो ।

प्रकाशित मिति : २० आश्विन २०७९, बिहीबार १८:०९   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।