काठमाडौं । टिकट वितरणमा संस्थापन पक्षले गरेको एकलौटीविरुद्ध लड्न नसकेको भन्दै डा. शेखर कोइराला र महामन्त्री गगन थापाको भूमिकाप्रति आफ्नै समूहका नेताहरूले असन्तुष्टि जनाएका छन् । बिहीबार अनुपम फुडल्याण्डमा भएको शेखर गगन पक्षधर दोस्रो तहका नेताहरूको भेलामा आफ्नो पक्षका नेता र पदाधिकारीहरूले समान अवसर र न्यायका लागि लड्न नसकेको ठहर गरेका हुन् ।
भेलामा सहभागी नेता मनोजमणि आचार्यले समानुपातिकको बन्दसूची सच्याइएको भनिए पनि त्यसमा नेताका मान्छे र नेताका क्षेत्र सुरक्षित गर्न मात्र तलमाथि पारिएको बताए । उनले आफ्नो पक्षलाई ४० प्रतिशत मागिएकोमा त्यति नपाएको र निर्वाचित हुने संख्या अत्यन्त कम हुने बताए ।
आफनै नेताहरू लड्न नसक्दा र आफ्नालाई बढीभन्दा बढी पार्नतिर लाग्दा अन्य कार्यकर्तामाथि अन्याय भएको नेता आचार्यको भनाइ छ । उनका अनुसार तत्कालै शेखर र गगनसहितका नेताहरूसँग बसेर अबको कदमबारे छलफल हुनेछ ।




















प्रतिक्रिया