Logo

राजनीति

एमालेतिर नजिकिएकाे जसपा सत्ता गठबन्धनको बैठकमा अनुपस्थित



काठमाडौं । सत्तारुढ दलहरुसँग असन्तुष्ट रहेको जनता समाजवादी पार्टी (जसपा) गठबन्धनको बैठकमा अनुपस्थित भएको छ । बिहानदेखि प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको गठबन्धनको बैठमा जसपाका नेताहरु उपस्थित नभएका हुन् ।

आफूले मागेजत्ति सिट नपाउने भए पछि जसपा गठबन्धन छाडेर नेकपा एमालेतिर नजिकिएको छ । बालुवाटारमा गठबन्धन दलको बैठक चल्दै गर्दा बिहीबार पनि अध्यक्ष यादवले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग राति अबेरसम्म वार्ता गरेका थिए । शुक्रबार पनि कुराकानी हुँदैछ ।

वार्ता सकारात्मक रुपमा अघि बढेको भन्दै एमालेका नेताहरुले मधेसमा कम्तीमा आधा सीट जसपालाई दिन तयार रहेको बताएका छन् । गठबन्धनमा जसपाले मधेस प्रदेशमा १६ सहित २४ सीटको दाबी गर्दै आएको छ । तर गठबन्धनमा अन्य दलहरु जसपालाई १६ स्थान मात्रै दिन तयार रहेका छन् ।

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार १०:५८   :  बजे

75
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।