काठमाडौं । सिट संख्यामा असन्तुष्टि जनाउँदै जनता समाजवादी पार्टी (जसपा) बाहिरिएसँगै सत्ता गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को इन्ट्री भएको छ । त्यसका लागि लोसपाका वरिष्ठ नेता शरतसिंह भण्डारी, कार्यकारिणी सदस्य अनिलकुमार झा र जितेन्द्र सोनल प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनमोर्चाको गठबन्धनसँग छलफल गरेका छन् ।
उनीहरुले लोसपा गठबन्धनमा सहभागी हुने कुरामा सहमति जनाएको बताइएको छ । एमालेसँग वार्ता टोली नै बनाएर गठबन्धन गर्न लागिपरेको लोसपा जसपा एमालेसँग नजिकिएसँगै सत्ता गठबन्धनतिर लगोको हो । सीट बाँडफाँटमा लोसपाको माग कति हो, त्यसको बारे थप छलफल हुने भनिएको छ । यद्यपि उनीहरूले संघमा १५ सिटभन्दा माथि र प्रदेशमा मुख्यमन्त्रीको दाबी गरेका बताइएको छ ।
जसपाको केन्द्रीय समिति बैठकपछि आजै पुनः गठबन्धनसँग छलफल हुन सक्ने बताइएको छ । जसपा बाहिरिनुपूर्व पनि लोसपालाई गठबन्धन सहभागी गराउने प्रयास नेताहरुले गरेका थिए ।




















प्रतिक्रिया