Logo

प्रमुख समाचार

कांग्रेस र लोसपाबीच बालुवाटारमा वार्ता



काठमाडौं । नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच वार्ता जारी छ । जसपाले गठबन्धनबाट बाहिरिएपछि लोसपा गठबन्धनमा सामेल हुने तयारीमा छ । सत्ता गठबन्धनले लोसपासँग वार्ताको जिम्मा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवालाई दिएको थियो । 

लोसपाले संघमा १३ सिट र प्रदेशमा ३० सिट दाबी गरेको छ । उसको माग पूरा गर्न गठबन्धन लचिलो देखिएको छ । आजको छलफलमा लोसपाबाट शीर्ष नेताहरु सहभागी छन् भने कांग्रेसबाट देउवासँगै महामन्त्री गगन थापा र नेता कृष्णप्रसाद सिटौला सहभागी छन् ।

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार ०९:५७   :  बजे

123
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।