काठमाडौं । निर्वाचन आयोगले आउँदो मंसिर ४ गते हुने चुनावको लागि प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयनको तयारी पूरा भएको जनाएको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले पत्रकार सम्मेलन गरेर भोलि बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म हुने उम्मेदवारी दर्ताको लागि आयोग तयारी अवस्थामा रहेको जानकारी दिएका हुन् । उनले ७७ वटै जिल्लामा निर्वाचन कार्यालय स्थापना गरेर सबै सामग्रीसहित निर्वाचन अधिकृत र कर्मचारी पनि तयारी अवस्थामा रहेको बताए ।
आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावको लागि भोलि प्रत्यक्षतर्फ उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम रहेको छ । खराब मौसम र चाडपर्वको कारण उम्मेदवारी दर्ताको समय केहीदिन पर सार्न सुझाव र आग्रह आए पनि समयको ख्याल गरेर आयोगले मिति परिवर्तन गर्न नसकेको थपलियाले बताए ।
उनले समावेशी र समानुपातिकलाई ख्याल गर्दै आयोगले जारी गरेको आचारसंहितालाई पूर्ण रूपमा पालना गर्नेतर्फ पनि सचेत गराएका छन् ।




















प्रतिक्रिया