मंगलबार छापावाल सुन तोलामा ६०० रूपैयाँले घटेको छ । अघिल्लो दिन ९५ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रति तोला ९४ हजार ५०० रुपैयाँ पुगेको छ । यस्तै तेजावी सुन तोलामा ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
चाँदीको भाउ पनि घटेको छ । महासंघका अनुसार चाँदी प्रतितोला २० रूपैयाँले घटेर १२०५ रुपैयाँमा कारोबार भएको छ ।
प्रतिक्रिया