Logo

कोशी प्रदेश

हर्क साम्पाङको एउटै घोषणाले बटुल्याे चौतर्फी प्रशंसा



धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको एउटै घोषणाले चौतर्फी प्रशंसा बटुलेको छ । उनले गरेको घोषणालाई एकदमै राम्रो भन्दै निकैनै तारिफ भइरहेको छ ।

काठमाडौं महानगरपालिकाले फुटपाथमा सामान बेचेर गुजार चलाउदै आएकी शर्मिला तामाङको गाडा लछारपछार गरेर फुटाइदिएको भिडियो सामाजिक संजालमा भाइरल भएपछि पीडित शर्मिलालाई एक महिनाको तलब दिने घोषणा साम्पाङले गरेका छन् ।

शर्मिलाको हृदयविधारक रुवाई अहिले सामाजिक संजालमा भाइरल भएको छ । काठमाडौं महानगरपालिकाका नगर प्रहरीहरुले कुनै मानवियता समेत नदेखाइ लछार पछार गरेर गाडा फुटाइदिएपछि बालेनको चर्को आलोचना भइरहेको छ । धरानका मेयर साम्पाङले भने पीडित महिलाको पक्षमा आफूलाई उम्भाएका छन् ।

शुक्रबार हर्कले फेसबुकमा स्ट्याटस राख्दै शर्मिलालाई एक महिनाको तलब पठाइदिने घोषणा गरेका हुन् । ‘यी बहिनी को हुन्रु यीनलाई मेरो एक महिनाको तलब पठाइदिने घोषणा गर्दछु ! जय मान्छे !,’ उनले फेसबुकको स्ट्याटसमा लेखेका छन् ।

साम्पाङको यस्तो घोषणापछि उनको तारिफ चौतर्फी रुपमा चलिरहेको छ । साम्पाङले सहयोगको घोषणा गरेपछि अरु सहयोगी हातहरुले पनि शर्मिलालार्ई सहयोग गर्छु भन्दै प्रतिवद्धता व्यक्त गरेका छन् । बालेनको भने आलोचना चुलिएको छ ।

केहि दिनअघि मात्रै लण्डन पबमा पुगेर श्रीमती सहित नाचेका बालेनलाई सामाजिक संजाल प्रयोगकर्ताहरुले प्रश्नै प्रश्न गरेका छन् । आफू श्रीमति सहित कल्वमा गएर नाच्ने गरिबको यस्तो हालत बनाउने ? भन्दै बालेनमाथी उनका समर्थकहरु खनिएका छन् ।

यस बिषयमा बालेनले भने केहि बोलेका छैनन् । जसले जे सुकै भने पनि फुटपाथ व्यापारलाई हटाएरै छोड्ने भन्दै उनी अघि बढेका छन् । फुटपाथ हटाउने कुरा बारे बालेनले यस अघिनै भावनाले मात्रै केही नहुने भन्दै नरोकिने प्रष्ट संकेत गरिसकेका छन् ।

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार १५:२३   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।