Logo

शृंगार

उच्च रक्तचापले बढाउँछ मुटु रोगको समस्या, यी घरेलु उपायबाट लिन सकिन्छ फाइदा



हामी सबैले दिनहुँ यस्ता धेरै औषधी र मसलाको सेवन गर्छौं, जुन स्वास्थ्यका लागि धेरै हिसाबले फाइदाजनक मानिन्छ । तर, यसको फाइदाबारे अधिकांश मानिस अनभिज्ञ छन् । आयुर्वेद विज्ञहरूका अनुसार हरेक घरमा प्रयोग हुने मसलामा यस्ता धेरै औषधीय गुणहरू हुन्छन् जसले वर्तमानमा द्रुत गतिमा बढ्दो मुटु रोगको समस्यालाई नियन्त्रण गर्न मद्दत गर्छ ।

केही अनुसन्धानले सुझाव दिन्छ कि लसुन सेवन गर्नु तपाईंको लागि अत्यन्तै लाभदायक हुन सक्छ । विशेष गरी कोलेस्ट्रोल (उच्च रक्तचाप) जस्ता हृदय रोगहरू निम्त्याउने समस्याहरू नियन्त्रण गर्न यो विशेष गरी लाभदायक छ ।

आयुर्वेदका अलावा चिकित्सा विज्ञानले पनि लसुनका फाइदाबारे बताइसकेको छ । लसुनमा यस्ता धेरै कम्पाउण्ड र पोषक तत्व पाइन्छ जसले शरीरलाई धेरै फाइदा पुर्याउन सक्छ । लसुनमा पाइने सल्फर कम्पाउण्डले पाचन प्रणालीलाई स्वस्थ राख्न निकै फाइदाजनक काम गर्छ । खाली पेटमा लसुनको तीन–चार कोपिला खाँदा कोलेस्ट्रोल नियन्त्रणमा फाइदा पुग्ने विज्ञहरू बताउँछन् ।

लसुन खादा शरीरका लागि के-के फाइदाजनक हुन्छ ?

लसुनले मुटु रोगको जोखिम कम गर्छ

अध्ययनले पत्ता लगाएको छ कि लसुनमा धेरै औषधीय गुणहरू छन् जसले हृदयलाई स्वस्थ राख्न र गम्भीर हृदय रोगको जोखिम कम गर्न मद्दत गर्दछ । मानवमा गरिएको अध्ययनले पत्ता लगाएको छ कि लसुन रक्तचाप कम गर्न एक महत्वपूर्ण औषधि हुन सक्छ । अनुसन्धानकर्ताहरूले पत्ता लगाए कि लसुन खादा २४ हप्ताको अवधिमा रक्तचाप कम गर्ने औषधि जत्तिकै प्रभावकारी थियो ।

लसुनले कोलेस्ट्रोललाई नियन्त्रणमा गर्छ

विशेषगरी बिहान खाली पेटमा लसुन खाने बानीले खराब कोलेस्ट्रोलको समस्यालाई कम गर्न सहयोगी हुने अनुसन्धानकर्ताहरूले पत्ता लगाएका छन् । उच्च कोलेस्ट्रोललाई हृदय रोगको प्रमुख कारक मानिन्छ । लसुनको सेवनले खराब कोलेस्ट्रोल घटाएर रक्तनलीलाई स्वस्थ राख्न मद्दत गर्छ ।

रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

विज्ञहरूले लसुनको सेवनले रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्ने पत्ता लगाएका छन् । रुघाखोकी र फ्लू जस्ता भाइरसबाट हुने रोगहरूबाट जोगाउन र खोकी, ज्वरो र रुघाखोकीका लक्षणहरू कम गर्न लसुन खानुका फाइदाहरू देखिएका छन् । दैनिक दुईवटा लसुन खाँदा स्वास्थ्यमा फाइदा हुन्छ । यो औषधि लामो समयदेखि नाक र घाँटीको संक्रमणलाई कम गर्नको लागि घरेलु उपचारको रूपमा प्रयोग गरिएको छ, विशेष गरी बालबालिकाहरूमा यसको प्रयोग भइरहेको छ ।

प्रकाशित मिति : आश्विन २९, २०७९ शनिबार  ४ : ४८ बजे