Logo

अर्थ

कात्तिक २२ गतेदेखि प्रचलनमा आउने नयाँ बीमा ऐन राजपत्रमा प्रकाशित



काठमाण्डौं । नयाँ बीमा ऐन २०७९ नेपाल राजपत्रमा प्रकाशन भएको छ । गत साता राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेपछि राजपत्रमा पकाशित भएको यो ऐन कात्तिक २२ गतेदेखि प्रचलनमा आउने छ ।

ऐन कार्यान्वयनमा आएसँगै बीमा समिति बीमा प्राधिकरणमा रुपान्तरण हुनेछ । नयाँ ऐन अनुसार बीमा प्राधिकरणको संचालक समितिमा महिलाको प्रतिनिधित्व अनिवार्य हुनुपर्ने छ ।

त्यसैगरी स्वार्थ बाझिने गरी कुनै पनि उद्यममा बीमकको संचालक, प्रवर्द्धक, आधारभूत शेयरधनीसँग कुनै पनि किसिमको संयुक्त लगानी गर्न रोक लगाएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०७९, आईतवार २१:१०   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।