काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८/०७९ का लागि १३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको असोज २ गते (बुधबार) बसेको बैठकले उक्त आर्थिक वर्षका लागि हाल कायम चुक्तापुँजीको १३ प्रतिशतले हुन आउने ३६ करोड १३ लाख ५० हजार २५ रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।
त्यसैगरी, बोनस सेयर कर प्रयोजनार्थ १ करोड ९० लाख १८ हजार ४२२ रुपैयाँ नगद लाभांश पनि कम्पनीले प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश बीमा समितिको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।




















प्रतिक्रिया