Logo

अर्थ

गुराँस लाइफ इन्स्योरेन्सद्वारा लाभांष घोषणा, बोनस सेयर र नदग कति ?



काठमाडौं । गुराँस लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७८/०७९ का लागि लाभांष घोषणा गरेको छ । कम्पनीको प्रधानकार्यालय राजभवन, तिनकुने काठमाडौंमा सम्पन्न १२औं वार्षिक साधारण सभाले गत आर्थिक वर्षका मुनाफाबाट ७ दशमलव ४४ प्रतिशत बोनश शेयर र कर प्रयोजनकालागि ० दशमलव ३९१७१ प्रतिशत नगद लाभांशको प्रस्ताव अनुमोदन गरेको हो ।

साधारणसभाले सभाले आ.व २०७७/७८ को लागि लेखा परीक्षक नियुक्ति र निजको पारीश्रमिक तोक्ने प्रस्ताव समेत पारित गरेको छ । सभाले गुराँस लाइफ सहित यूनियन लाइफ र प्राइमलाइफ एक आपसमा गाभ्ने/गाभिने सम्बन्धी प्रारम्भिक सम्झौता पत्रको मस्यौदा स्वीकृत गरेको छ भने मर्जरको लागि संचालक समितिले गरेको कामको अनुमोदन गरेको छ ।

सभाले कम्पनीको सम्पति दायित्व मुल्याकंन गर्नका लागि मुल्याकंनकर्ता, परामर्शदाता र लेखापरीक्षकहरु नियुक्ति, उनीहरुको पारीश्रमिक निर्धाण, एक आपसमा गाभ्ने गाभिने प्रस्ताव पारित गर्नका लागि बीमाङकीय मुल्याकंनकर्ता नियुक्ती र नीजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ । त्यसैगरी सभाले मर्जर कार्यका लागि सम्पुर्ण अख्तियारी संचालक समितिलाई जिम्मा दिने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार २०:१९   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।