काठमाडौं । व्यवसायलाई आक्रामक रुपमा अगाडि बढाएको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को नाफा गत आर्थिक वर्षको तुलनामा साढे ५६ प्रतिशत बढेको छ । नाफालाई अहिले बढेको ब्याजले ठूलो भरथेग गरेको छ ।
बैंकले निष्क्रिय रहेको पुँजी जति निक्षेपका रूपमा अन्य बैंकमा राखेका कारण आम्दानीमा सुधार भएको हो । अहिले संस्थागत निक्षेपकर्ताले १०।१३३ प्रतिशतसम्म ब्याज पाउँछन् ।
निफ्राले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ३७ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । पोहोर असोजमा बैंकको नाफा २४ करोड २० लाख रुपैयाँमा सीमित थियो ।
बैंकको वितरणयोग्य नाफा पनि ५६ प्रतिशत बढेर झन्डै ३० करोड रुपैयाँ पुगेको छ । सो अवधिमा बैंकको कर्जा विस्तार आक्रामक रह्यो । बैंकले हाल १७ अर्ब ऋण दिएको छ । जुन पोहोर असोजमा ४ अर्ब ९२ करोड रुपैयाँ मात्र थियो ।
बैंकले कर्जाबापत ६५ करोड ब्याज आम्दानी गरेको छ । अघिल्लो आवको सम्बन्धित त्रैमासको तुलनामा यो पनि साढे ५८ प्रतिशत बढेको छ ।
नाफाले लिएको फराकिलो छलाङसँगै बैंकको प्रति सेयर आम्दानी पनि सामान्य बढेको छ । ४।८४ रुपैयाँबाट बढेर ७ रुपैयाँ पुगेको हो । प्रति सेयर नेटवर्थमा भने केही कमी देखिन्छ । ३।४४ रुपैयाँले प्रति सेयर नेटवर्थ घटेको छ ।




















प्रतिक्रिया