Logo

अनलाइनपाना खोज

बैंकहरूको खराब कर्जा बढ्यो, कुन बैंकको कति ?



चालु आर्थिक वर्षको पहिलो त्रैमासमा वाणिज्य बैंकको खराब कर्जा बढेको छ । वाणिज्य बैंकले प्रकाशित गरेको असोज मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरणअनु्सार गत आवको पहिलो त्रैमास अवधिको तुलनामा चालु आवको सोही अवधिमा बैंकहरुको खराब कर्जा बढेको हो ।

हाल सञ्चालनमा रहेका २६ वटा बाणिज्य बैंकमा २४ वटा बैंकको खराब कर्जा बढेको छ । एउटा बैंकको घटेको छ भने एउटाको स्थिर छ ।

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत गत असार मसान्तदेखि ऋणीलाई कोरोनाकालमा दिँदै आएका सबै प्रकारका सहुलियत कटौति गरेपछि त्यसको असर बैंकको वित्तीय विवरणमा देखिएको हो । चालू आर्थिक वर्षको मौद्रिक नीति कार्यन्वयनमा आएपछि अधिकांश बैंकको खराब कर्जा बढेको देखिएको हो।

२०७८ असोज मसान्तसम्म कुल कर्जामा बैंकहरुको औसत निष्क्रिय कर्जा १.१४ प्रतिशत रहेकोमा २०७९ असोज मसान्तसम्म १.७६ प्रतिशत पुगेको छ । असोज मसान्तसम्म वाणिज्य बैंकहरुले कुल ४२ खर्ब २० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । सो रकमको औसतमा १.७६ प्रतिशत कर्जा निष्क्रिय देखिएको हो ।

चालू आर्थिक वर्षको तीन महिनाको विवरण हेर्ने हो भने सबै भन्दा धेरै खराब कर्जा सनराइज बैंकको देखिएको छ। सनराइज बैंकको खराब कर्जा २ दशमलव ९४ प्रतिशत रहेको छ। गत आर्थिक वर्षको तीन महिनाको तुलनामा चालू आर्थिक वर्षको तीन महिनामा १ दशमलव ८१ प्रतिशतले बढेको हो।

त्यस्तै सबैभन्दा कम खराव कर्जा एभरेष्ट बैंकको देखिएको छ। गत आर्थिक वर्षको तीन महिनाको तुलनामा चालू आर्थिक वर्षको तीन महिनामा ० दशमलव २ प्रतिशतले मात्रै वृद्धि भएको छ।

सबैभन्दा बढी खराब कर्जा सनराइज बैंकको रहेको छ । बैंकको खराब कर्जा १.८१ प्रतिशत बिन्दुले बढेर २.९४ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा १।१३ प्रतिशत रहेको थियो ।

यस्तै दोस्रोमा राष्ट्रिय वाणिज्य बैंकको रहेको छ । वाणिज्य बैंकको खराब कर्जा गत आवको पहिलो त्रैमासको तुलनामा ०।५३ प्रतिशत बिन्दुले बढेर २.४८ प्रतिशत पुगेको छ ।

यस्तै बैंक अफ काठमाण्डूको खराब कर्जा २.४६ प्रतिशत पुगेको छ । गत आवमा ०.२९ प्रतिशत रहेकाको थियो । एनसीसी बैंकको पनि खराब कर्जा गत आवको पहिलो त्रैमासको तुलनामा १ प्रतिशत बिन्दुले बढेर २.४६ प्रतिशत रहेको छ ।

त्यसैगरी, कृषि विकास बैंक २.३८, हिमालयन बैंक २.३१, नबिल बैंक २.३३, नेपाल बैंक २.३६, ग्लोबल आइएमई बैंक २.१० र सिद्धार्थ बैंकको खराब कर्जा २.१५ प्रतिशत रहेको छ ।

बैंकमा कुमारी बैंक १.२८, नेपाल इन्भेष्टमेन्ट बैंक १.५७, मेगा १.६२, प्रभु १.८६, सिटिजन्स १.९१, सेञ्चुरी १.८८, माछापुच्छ्रे बैंक १.३, प्राइम बैंक १.८, सिभिल बैंक १.४१, एनएमबि बैंक १.९० र लक्ष्मी बैंकको खराब कर्जा १.७२ प्रतिशत रहेको छ ।

नेपाल इनेभष्टमेन्ट बैंकको खराब कर्जा ०.७ प्रतिशतले घटेको छ भने सेञ्चुरी बैंकको खराब कर्जा स्थिर रहेको छ ।

१ प्रतिशतभन्दा कम खराब कर्जा हुने बैंकमा एभरेष्ट बैंक ०.३३, स्ट्याण्डर्ड चार्टर्ड ०.७७, सानिमा ०.९१, नेपाल एसबीआई ०.३६ र एनआईसी एशिया बैंकको खराब कर्जा ०.५९ प्रतिशत रहेको छ । गत आवको तीन महिनाको तुलनामा यी सबै बैंकको खराब कर्जा बढेको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आईतवार १८:०८   :  बजे

105
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।