Logo

प्रमुख समाचार

चुनाव लड्न नपाएपनि गठबन्धनका उम्मेदवारलाई जिताउन लाग्छु : भण्डारी



धनगढी । नेपाली कांग्रेस कैलालीका नेता सुनिल भण्डारीले आफूले चाहेको ठाउँमा टिकट पाउन नसकेपनि गठबन्धनका उम्मेदवारलाई जिताउन लाग्ने बताएका छन् । यसअघि टिकट नपाएपछि पार्टी छोड्न सक्ने बताएका भण्डारीले धगनढीमा बुधबार विहान पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन् ।

अघिल्लो पटक कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभामा उम्मेदवार बनेका भण्डारी अहिले पनि सोही क्षेत्रबाट आकांक्षी थिए । तर, अन्तिम समयमा डोटीबाट निर्वाचन लड्दै आएका कांग्रेस प्रदेश सभापति वीर बहादुर बलायरलाई टिकट दिएपछि उनी रुष्ट थिए ।

टिकट नपाएपछि पार्टीबाटै अलग हुने चर्चा भइरहेका बेला उनले त्यो निर्णय लिन नसकेको बताए । ‘१५/२० दिन आफैले विश्लेषण गर्दा पार्टी भन्दा बाहिर बस्ने सक्ने अवस्था देखिन’ उनले भने, ‘तर, नातावाद, हैकमवाद, गुटबन्दी अन्य र पार्टी शुद्धीकरणका लागि बाँकी जीवन पार्टीमै बिताउने छु ।’ गणेशमान जस्तो अलग भएर बस्न नसक्ने अवस्था नरहेको उनले बताए । उनले आगामी दिनमा कुनै पदीय जिम्मेवारीमा नबस्ने प्रष्ट पारे ।

साथै अघिल्लो पटक बाम गठबन्धन लड्न कसैले हिम्मत गरेको अवस्थामा आफूले पार्टीको शाख जोगाएको भन्दै उनले अहिले आएर पार्टीले आफूमाथि अन्याय गरेकोसमेत प्रस्ट पारे । पार्टी भित्र असहमति राख्ने प्रयास गर्दा आफू सिकार हुन परेको र अपमानित हुनुपरेको उनको भनाई छ ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको समकक्षी रहेका भण्डारीले आफूले अहिलेसम्म जनताबाट चुनिएर संसदमा पुग्न नपाएको बताए । उनी अघिल्लो पटकको निर्वाचनमा बाम गठबन्धनका उम्मेदवार लेखराज भट्टसँग १० हजार ३९९ मतले पराजित भएका थिए ।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार १३:२९   :  बजे

75
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।