Logo

अटो

हिरो एक्सप्लस २०० ‍मोटरसाईकल राइडरको लोमाङ्गथान यात्रा सुरु



काठमाडौं । हिरो एक्सप्लस २०० ‍मोटरसाईकल खरिद गरेका ग्राहकहरुको लोमाङ्गथान यात्रा सुरु भएको छ । नेपालको लागि हिरो मोटरसाईकलको आधिकारिक विक्रेता नेपाल जनरल माकेटिङ्गले उक्त यात्रा आयोजना गरेको हो ।

उक्त यात्रामा ३० जनाभन्दा बढी एक्सप्लस २०० चढ्ने ग्राहकहरुलाई सहभागिता रहेको छ । सो यात्रा काठमाडौं–पोखरा–लेटे–जोमसोम–मुक्तिनाथ–लोमाङ्गथान हुदै करिब ९०० कि.मि.को हुनेछ ।

नेपाल जनरल माकेटिङ्गका अध्यक्ष अभिक ज्योतिले टेकमा रहेको हिरोको शोरुमाबाट फ्ल्याग अफ गरेर यात्राको शुभारम्भ गरेका थिए । उनले सबैलाई अनुशासित चएर सतकर्ताका साथ बाईक चलाउनु अनुरोध गर्दै जोखिममुक्त तवरले यात्राको सफलताको लागि सबैलाई हार्दिक शुभकामना दिएका थिए ।

प्रकाशित मिति : कार्तिक १७, २०७९ बिहीबार  १२ : ५० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।