Logo

कर्णाली प्रदेश

ओलीले आज कर्णालीका तीन जिल्लामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै



सुर्खेत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज कर्णालीका तीन वटा जिल्लामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् ।

ओलीले बिहान कालिकोटको रोस्कोटमा आयोजित चुनावी सभलाई सम्बोधन गर्ने भएका छन् भने त्यसपछि दैलेखको जुम्बुकाँधमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने छन् । 

यस्तै दिउँसो १ बजेदेखि २ बजेसम्म सुर्खेतको वीरेन्द्रनगरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने कार्यतालिका रहेको बताइएकाे छ ।

प्रकाशित मिति : कार्तिक २७, २०७९ आईतबार  ८ : ०२ बजे